सिट क्षमताभन्दा बढी यात्रु कोच्ने २ सय सवारी साधन कारवाहीमा

ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ ।

आइतबार काठमाडौ उपत्याकाभित्र मनलाग्दी यात्रु कोचेर गुडेका झण्डै २ सय सार्वजनिक सवारी कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका सह प्रवक्ता मुकुन्द मरासिनीका अनुसार सबैलाई पहिलो पटकका लागि ५ सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ । अपरान्हसम्ममा नै १८९ गाडी कारवाहीमा परेका थिए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादलले बिहीबार ट्राफिक प्रहरीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र टेम्पोलाई ‘अन द स्पट’ कारवाही गर्न निर्देशन दिएका थिए । त्यसैअनुरुप ट्राफिकले आइतबारबाट अभियान थालेको हो ।

‘माइक्रोमा १८ जनाभन्दा बढी चढाउन अब पाइँदैन । यात्रुले पनि यो अभियानलाई बुझिदिनुपर्छ,’मरासिनीले भने,’यसले गाडीभित्र यात्रुले पाउने सास्ती कम हुन्छ ।’

यो अभियानले पाकेटमारी नियन्त्रण र सार्वजनिक यातायातमा हुने यौनजन्य दुब्र्याबहारको घटनामा पनि कमी ल्याउने विश्वास गरिएको छ ।

यो अभियानले दुर्घटना पनि कम गर्ने सहप्रवक्ता मरासिनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने