सिंगापुरसँग नेपालको लज्जास्पद हार, टि–ट्वान्टी विश्वकपको सपना अधुरै !

साउन १२, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आइतबार भएको खेलमा घरेलु टोली सिंगापुरले नेपाललाई ८२ रनले पराजित गरेको हो । जितसँगै सिंगापुर फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

अन्तिम खेलमा हार व्यहोरेको नेपालको भने अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना तुहिएको छ । नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न पुनः असफल भएको छ ।

सिंगापुरले दिएको १ सय ९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन जोडे । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए भने २१ बल खेलेका ज्ञानेन्द्र ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै दिपेन्द्रले २२ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का १२ रनमा आउट भए भने शरद भेषवाकरले ७ रन, सोमपाल कामीले ११, विनोद भण्डारीले ९ र रोहित कुमार पौडेलले ५ रन बनाए ।

सिंगापुरका विजय कुमारले ४, बिनोथ बसक्रनले २ विकेट लिए भने अम्जाद महबो, जनक प्रकाश र अन्नथ कृष्णले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।

सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए ।

त्यस्तै ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका रोहन रङगराजन शरद भेषवाकरमार्फत् क्याच भएका थिए भने २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका मनप्रितले ४२ रन जोडेका थिए। त्यसैगरी अनिस परम ९ रनमा अबिजित रहे ।

नेपालका अभिनास बोहराले ४ र करण केसीले २ विकेट लिए ।

४ खेलमा ३ जित निकालेको सिंगापुरले ७ अंक जोडेको छ । अब सिंगापुरले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने