सार्वजनिक सवारीमा अाजदेखि पोसाक,चालकको रातो र सहचालकको पहेंलो ज्याकेट

काठमाडौँ, २ चैत – रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन् ।

driver-dress-690x690

रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक र सहचालकको पहिचान झल्कने बताउछन् ।‘पोशाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ, ।’ उनको भनाइ छ-‘चालकका लागि रातो रंगको कपडाको ज्याकेट र सहचालकका लागि हल्का पहेँलो रंगको ज्याकेटको व्यवस्था गरिएको छ ।’

सोही मार्गमा चल्ने बा २ ख ३६२४ नम्बर माइक्रोबसका चालक हरि महर्जन भन्छन्, ‘नेपाली भन्दा पनि विदेशी पाहुनालाई चालक र सहचालक छुट्याउन पोशाकले सहज हुन्छ,’

यी केबल प्रतिनिधि पात्र मात्र हुन् । आज रत्नापार्कदेखि ललितपुरसम्म चल्ने झण्डै १०० माइक्रोबसका चालक तथा सहचालकलाई पोशाक वितरण गरिएको हो । ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निरत्न नेवा पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने बताउछन् ।’पोशाक लगाएपछि चालक र सहचालकलाई थप जिम्मेवारी थपिएको छ,’– उनी भन्छन् ।

हाल रत्नापार्क भएर ललितपुरका विभिन्न स्थानमा झण्डै २०० माइक्रो बस आवतजावत गर्दै आएका छन् । यो अभियानले यात्रुले चालक तथा सहचालकलाई सजिलै चिन्ने हुने अध्यक्ष नेवाको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं ३ का संयोजक धर्म रिमाल उपत्यकाभित्रका सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा पोशाक लगाउने निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको बताउछन् ।

‘अब रत्नापार्कदेखि उपत्यकाका विभिन्न स्थानमा चल्ने सार्वजनिक बसका चालक तथा सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ,’–उनि भन्छन् । शुरुमा काठमाडौँ उपत्यका र त्यसपछि देशभर चल्ने सवारी साधनलाई पोशाकको व्यवस्था गरिने गरी महासंघले काम गरिरहेको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरसम्मको १४ नं रुटबाट शुरु भएको उक्त अभियान उपत्यकाका सबै रुटमा लैजाने बताउछन् । ‘आज शुरुवात हो, अब उपत्यकाका सबै रुटमा यो अभियान सञ्चालन हुन्छ,’– उनको भनाइ छ ।

पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रुपमा गाडी चलाउने अभियानको विकास हुने प्रमुख खनाल उल्लेख गर्छन् । आजदेखि शुरु भएको उक्त अभियान आ–आफ्नो समितिबाट कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ ।

यसअघि ट्राफिक व्यवस्थापन सहजताका लागि चालक, सहचालकलाई बाटोमा बसेर शिक्षा दिँदै आएको महाशाखाले यो कामसँगै ट्राफिक व्यवस्थापनमा थप सहजता हुने विश्वास समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने