सरकारमा सहभागी हुने विषय प्राथमिकतामा रहेको राजपाको निष्कर्ष

 राष्ट्रिय जनता पार्टीले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने बताएको छ। राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने निर्णय गरेको हो। सरकारमा जाने विषय पार्टीको प्राथमिकतामा नरहेको निष्कर्ष बैठकले निकालेको पार्टीका नेता वृशेषचन्द्र लालले जानकारी दिए।

बैठकले संविधान संशोधनको विषयलाई भने पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ। पार्टी समेत सहभागी रहेको प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय बैठकले गरेको छ। 

राष्ट्रिय जनता पार्टीको सोमबारबाट काठमाडौंमा सुरु भएको राजनीतिक समितिको बैठक पार्टीको विधान निर्माणमा केन्द्रित छ। आन्तरिक लोकतन्त्रसहित मजदुत संगठन निर्माण गर्नेगरी पार्टीको विधान निर्माणको काममा बैठक केन्द्रित भएको पनि नेता लालले जानकारी दिए। बैठकमा पार्टी संसदीय दलको नेता चयनको विषयलाई प्रवेश गराइएको छ। आसन्न महाधिवेशन र पार्टी संसदीय दलको नेता चयनका विषयमा ठोस निर्णय लिन पार्टीको राजनीतिक समितिको बैठक बोलाइएको हो।

बैठकमा नेताहरुले युवाहरुलाई विशेष प्राथमिकता दिने गरी पार्टीको विधान बनाउनुपर्नेमा जोड दिएको राष्ट्रिय जनता पाटीले जनाएको छ।  यसअघि राजपाले सरकारमा सहभागी हुने विषयमा सकारात्मक भएको जनाएको थियो। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेपछि राजपाभित्र पनि सरकारमा सहभागी हुनुपर्ने दबाव बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने