January 14, 2020

सदस्यता नवीकरण गर्न भन्दै नेकपाले शिविर सञ्चालन गर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात् सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ ।

झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुङ्गेलले बताए ।

शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने ढुंगेलले जानकारी दिए ।

पार्टी एकीकरणपछि बनेको नेकपामा दुई वर्षयता सदस्यको अद्यावधिक भएको थिएन । भिन्न दलबाट आएका सदस्यको भावनात्मक अन्तरघुलनका लागि समेत सदस्यता नवीकरण शिविर उपयोगी हुने पार्टीका विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँ बताउँछन् ।

जिल्लामा नेकपाका ३२ हजार ८५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार १९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट आठ हजार ६५७ सदस्य नेकपामा समाहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने