शरीरमा पानी कमी भएको थाहा दिने १२ लक्षण !

maxresdefault (1)टाउको साह्रो गरी  दुख्छ : टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

केही खानासाथ तत्काल भोक लाग्छ : बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुने :  जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

काममा ध्यान जाँदैन : दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

छाला सुक्खा हुन्छ : चलिरहेको मौसम विपरीत प्राय: तपाईंको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकतअनुसार प्रशस्त पानी पिउनुपर्छ ।

पिसाब पहेँलो हुने : तपाईंले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नुभयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर, धेरै पहेँलो छ भने तपाईंलाई पक्कै पनि पानीको कमी भएको हुन्छ ।

एसिडिटी बढ्छ : तपाईंलाई एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण तपाईं प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

धढ्कन बढाउँछ : यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो ।

चक्कर लाग्ने वा अचानक डराउने : अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

श्वास गनाउने : यदि तपाईंको शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुक्खा रहन्छ : प्राय: मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्नेबित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।

मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ  : पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा