वैवाहिक भोजमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

अजमर, भारत, ६ फागुन – भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्टफोटमा परी हराएका थप नौ जनाको मृत शरीरलाई आइतबार उद्धार गरिएको भारतीय अधिकारीले जनाएका छन् ।bomb-blastउक्त वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझसम्म उद्धार गरिएको थियो ।राति वैवाहिक भोज चलिरहेका समय ग्यास सिलिण्डर विष्पोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो ।

भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिकासहित थप नौ जनाको मृत शरीर भग्नावशेषभित्रबाट निकालिएको छ ।‘अहिले (आइतबार अपरान्ह्)सम्म घटनास्थलबाट १८ शव निकालिएको छ,’ अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भने ।

घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले  बताए ।घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विष्फोटका कारण तीनतले भवन पूर्णतया क्षतिग्रस्त भएको छ ।

राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विष्फोटमा घाइते भई अस्पतालमा उपचाररत सवै विरामीलाई शनिबार साँझ नै भेटेका थिए । उनले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने