विप्लब माओबादीको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल !

सोलुखुम्बु / सोलुखुम्बुको एक प्रहरी चौकी कब्जागर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ । गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरी सकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाएको छ ।biplab_56HP8e1CsR

माओबादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी सहित हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।
महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।

अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले वैठक चलिरहेकाले वैठक पछि मात्र सूचना दिने प्रतिक्रिया दिए । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने