राष्ट्रियसभा निर्वाचनबारे दलहरुसँग आयोगको छलफल

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ।641512698Rss_Images_1516097884197_PRO_KTM_20180116_IMG_3691आयोगद्वारा आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराए । 
निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन् । बैठकपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको प्रतिक्रिया दिए । 

 कांग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी गराएको बताए । 

बैठकमा नेकपा एमालेका तर्फबाट नेता नेम्वाङ, अग्नि खरेल, नेकाका तर्फबाट नेता लेखक, बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिँडारी, सङ्घीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका तर्फबाट नेता महन्थ ठाकुर तथा आयुक्तहरु ईश्वरी पौडेल, नगेन्द्र दाहाललगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने