June 29, 2020

राखेपका पूर्वसदस्य सचिवको शोकमा मातहतका सबै कार्यालय बन्द

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ ।

पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे ।

सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उनले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए ।

राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

राखेप सदस्य–सचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा पिपिई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, स्यानेटाइजर, चस्मा र पञ्जा छन् ।

कोभिड– १९ को जोखिमलाई ख्याल गरी सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने