रसियाली हवाई आक्रमणमा १ सय २० आइएस लडाकुको मृत्यु

Lightning-Lentokoneसिरिया, १४ जेठ । सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले शनिबार जनाएको छ ।

रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे केही बताइएको छैन ।

साना न्यूज एजेन्सीले मेसिनगनले सुसज्जित ३९ वटा ‘पिकअप’ गाडी पालमिरातर्फ हिँडिरहेका बेला आक्रमण भएको बताइएको छ ।

सिरियाली सेना र यसको सहयोगी हेजबुल्लाह समूहलगायत रसियाली वायुसेनाले गरेको संयुक्त कारबाही सिरियाली सुख्खा क्षेत्रमा अवस्थित राजमार्गमा भएको र यसबाट सो क्षेत्रमा विद्रोही साह्रै कमजोर बनेको सिरियाली वसर अल असदको प्रशासनले जनाएको छ ।

प्रशासनले इराक र जोर्डन सीमालाई आइएसको उपस्थितिहीन अवस्थामा ल्याउन पछिल्लो कारबाही भएको बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने