यौन उत्पीडन आरोपपछि भारतीय विदेश राज्यमन्त्री एमजे अकबरद्वारा राजीनामा

#मिटू अभियानमा यौन उत्पीडनको आरोप लागेका भारतका केन्द्रीय विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले बुधबार पदबाट राजीनामा दिएका छन्।

अकबरमाथि सञ्चार माध्यममा सँगै काम गर्ने महिलाहरूलाई यौन उत्पीडन गरेको आरोप थियो। यो आरोप लाग्दा उनी नाइजेरिया भ्रमणमा थिए। भारत फर्केपछि उनले राजीनामा दिने अनुमान गरिएको थियो।

आइतबार फर्केका उनले सुरुमा आफूमाथि लागेका आरोप गलत भएको बताए। सोमबार आरोप लगाउने पत्रकार प्रिया रमानीविरुद्ध मानहानी मुद्दा दायर गरे। रमानीले आफ्नो बेइज्जत गर्न जानाजान यस्तो आरोप लगाएको अकबरको भनाइ थियो।

सरकार तर्फबाट कुनै प्रतिक्रिया आएको थिएन। अकबरले सबै आरोप झुटा भएको बताएका थिए। केही अभियन्ताहरूले भने अकबरले राजीनामा दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा सरकारलाई दबाब दिइरहेका थिए।

यसै क्रममा बुधबार एक विज्ञप्ति जारी गर्दै अकबरले राजीनामा दिएका हुन्।

‘द हिन्दु’ का अनुसार अकबरले विज्ञप्तिमा भनेका छन्, ‘मैले यो आरोपविरुद्ध व्यक्तिगत रूपमै लड्ने निर्णय गरेको छु। यसकारण पदबाट राजीनामा दिँदै न्यायको निम्ति लड्नेछु।’

‘मलाई मन्त्रीका रूपमा देश सेवा गर्ने मौका दिनुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजलाई धन्यवाद दिन चाहन्छु,’ अकबरले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने