मोटरसाइकलबाहेक सबै सवारीलाई हरियो स्टिकर अनिवार्य

Vehicles are seen stuck in a traffic jam at Ratnapark, Kathmandu, on Friday, August 12, 2016. Photo: BalKrishna Thapa Chhetriमुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ। आगामी साउन पहिलो सातादेखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो।

महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

प्रदूषण बढाउने धेरै कारणमध्ये सवारी पनि मुख्य कारकका रूपमा रहेको पुष्टि भएकाले प्रदूषण न्यूनीकरण गर्न यस्तो तयारी अघि बढाइएको विभागका निर्देशक प्रेमकुमार सिंहले जानकारी दिनुभयो।
‘भएको व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने तयारी गरिएको हो, सवारी प्रदूषण परीक्षणका लागि पर्याप्त उपकरण नभएकाले थप ४० वटा उपकरण ल्याउने तयारी गरिएको छ।’ –उहाँले भन्नुभयो।

सिंहका अनुसार २० वटा ग्यास एनालाइजर (पेट्रोलबाट गुड्ने सवारी) र स्मोक एनालाइजर (डिजेलबाट गुड्ने सवारीको) गुणस्तर परीक्षण गर्ने उपकरण जेठ पहिलो साताभित्र जापानबाट ल्याइँदै छ। उपत्यकाको वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा सुक्ष्म धूलोको मात्रा बढ्दोरूपमा रहेको र सुक्ष्म कण सवारीसाधनका कारण फैलिने गरेको वातावरण विभागको ठहर छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने