मेस्सीले भने: मेरो भविष्य विश्वकपमा टीमको प्रदर्शनमा निर्भर रहनेछ

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय भविष्य रुसमा हुन लागेको विश्वकपमा देशको प्रदर्शनमा निर्भर हुने बताएका छन् । मेस्सीले स्पेनमा पत्रकारहरुसँग भने, ‘हामी कति माथि जान्छौं या हामीले विश्वकपलाई कसरी अन्त्य गर्छौं त्यसले मेरो भविष्य निर्धारण गर्छ ।’

messi

बार्सिलोनाका यस फरवार्डले भने, ‘हामीले लगातार तीन फाइनल गुमाइसकेका छौं । जसकारण मीडियाका साथै हामीले केही मुश्किल परिस्थितिको सामना गर्नु परेको छ ।’अर्जेन्टिनाले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा खाएको गोल नै निर्णायक बन्यो । र, उपाधि गुमायो । त्यसपछि अर्जेन्टिनाले सन् २०१५ र सन् २०१६ को कोपा अमेरिकामा चिलीविरुद्ध पेनाल्टी शूटआउटमा हारको सामना गर्नुपर्‍यो ।

मेस्सीका अनुसार स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियम विश्वकपका प्रबल दाबेदार हुन् । अर्जेन्टिनाले विश्वकपमा शनिबार मस्कोमा आइसल्याण्डबाट शुरुआत गर्दैछ । त्यसपछि समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले क्रोएशिया र नाइजेरियाको सामना गर्नु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले