मेलम्चीले उपत्यकामा ३ किमी सडक खन्न बाँकी

२६ पुस काठमाडौं : मेलम्ची खानेपानीे आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा अझै ३ किलोमिटर (किमी) सडक खन्नै बाँकी रहेको जनाएको छ । हालसम्ममा ६ सय ४० किमी सडक खनेको निर्देशनालयले समयमै काम अघि नबढाउँदा काठमाडौंमा प्रदुषण बढेको छ ।Digging-a-road-for-Melamchi-pipeline-16सयममै पिच नगर्ने गरेका कारण अहिले उपत्यकामा धुलोको मात्रा बढ्दै गएको छ । दिनभर यसरी कच्चीमा परिणत भएका सडकमा सवारी साधन उड्दा ठुलो मात्रामा धुलो उड्ने गरेको छ ।

ठेकेदारहरूले भने रातको समयमा तापक्रम न्यून मात्रामा आउने गरेका कारण पिच गर्न कठिनाई भइरहेको बताएका छन् । शर्मा एण्ड कम्पनीका प्रमुख रमेश शर्मा भन्छन्, ‘ दिउसोको समयमा पिच गर्न ट्राफिकका कारण मिल्दैन राती चिसोले गर्दा मिलेको छैन, माघ १५ पछि पिच सुरु गर्ने योजनामा छौं,’

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्री मेलम्ची आउनुअघि नै पाइप र पिचको काम सक्ने दावी गर्छन् । सडक पिच समयमा नगर्ने गरेका कारण आयोजनाले चौतर्फी आलोचना खेप्नु परेको छ ।

पुरानो बानेश्वर, कोटेश्वर जस्ता क्षेत्रमा ठुलो मात्रामा धुलो उड्ने गरेको छ । जहाँ आयोजनाले खनेको बाटो अहिलेसम्म पिच गरिएको छैन । अझै काम बाँकी रहेका कारण करीब १ महिनासम्म पिच गर्न नमिल्ने बताएको छ ।

९० प्रतिशत स्थानमा आयोजनाले पाइप बिच्छ्याएर सकेको छ । अझै १० प्रतिशतमा भने आयोजनाले काम गर्न बाँकी छ ।

बुधबार खानेपानी मन्त्रालयले आयोजना गरेको एक पत्रकार सम्मेलनमा बोल्दै सचिव ठाकुरले वातावरण प्रदुषण नगरि काम अघि बढाउन मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् ।

उनले भने ‘आयोजना कार्यान्वयन निर्देशनालयले वातावरण प्रदुषण नगर्ने गरी काम अघि बढाउन निर्देशन दिएको छु,’ उनले समयमै पिच गर्ने काम पनि अघि बढाउनसमेत निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने