October 5, 2018

माधव नेपालको असन्तुष्टिबारे प्रचण्डले मुख खोल्दा नेताहरु दङ्ग !

prachanda_ej06r44xh7

असोज १९, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको ‘प्रेसर’का कारण केन्द्रीय सचिवालयबाट प्रदेश कमिटीको नेतृत्वबारे निर्णय भएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट नेताहरूले सचिवालयको पछिल्लो निर्णयको वैधानिकतामाथि सार्वजनिक रूपमै असन्तुष्टि जनाएपछि प्रचण्डले निर्णय गरिनुका कारण र पृष्ठभूमिबारे  मुख खोलेका हुन् ।ललितपुर खुमलटारस्थित आफ्नै निवासमा आयोजित प्रदेश २ का इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको बैठकमा प्रचण्डले वरिष्ठ नेता नेपालसँगको कुराकानी उद्धृत गर्दै आफूले उनको संसद्को प्रस्तुतिका सन्दर्भमा असन्तुष्टि जनाएकोसमेत खुलासा गरे । सिंगापुरमा पत्नी सीताको उपचार गराएर सोमबार राति स्वदेश फर्किएका प्रचण्ड पार्टीभित्रको पछिल्लो विवादबारे मौन बसेका थिए । तर, पार्टीकै आन्तरिक बैठकमा भने प्रचण्डले नेपालले उठाएजस्तो निर्णय विधिसम्मत हो वा होइन भन्दा पनि प्रदेश नेतृत्व तत्काल टुंग्याउनुका कारण र पृष्ठभूमि स्पष्ट पारेका छन् ।आफू र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ विदेशमा भएका वेला पूर्वसमझदारीविपरीत निर्णय भएकोमा असन्तुष्टि राख्दै वरिष्ठ नेता नेपालले महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाएका थिए । उनले स्थायी समिति सदस्यहरूको चियापन बैठकसमेत आयोजना गरेर आफ्ना धारणा प्रस्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने