June 2, 2019

भ्रष्टाचारको विरुद्ध अनि सुशासन र बिकासको यात्रामा चल्ने हो भने प्रचण्डलाई २ महिनामै सत्ता सुम्पन्छु : प्रधानमन्त्री

 

काठमाडौं, जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशमा भएको बेलामा पुरानै विषयालाई अनावश्यक र गलत समयमा उचालिएको भन्दै असन्तुष्टि पोखेका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने क्रममा विमानमै पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीले पुरानै सहमतिको विषय  बेला न कुबेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उछालेको भन्दै रोष प्रकट गरे।
‘यो अहिलेको कुनै विषय नै होइन, जुनबेला म विदेश भ्रमणमा हुन्छु, त्यसबेला कुनै न कुनै रुपमा यसप्रकारका कुरा उछालिरहन्छन्’, ओलीले भने, ‘स्थिरता भनेको नीतिमा हो, स्थिरता भनेको बहुमतको सरकारमा हो ।
स्थिरता भनेको नेताहरुको सहमति सहकार्यको कुरा हो । यसलाई अनेक ढंगले टिप्पणी गरिरहनुपर्ने, उछालिरहनुपर्ने, हाम्रा बीचमा के कुरा भएको भनेर उचालिरहनुपर्ने जरुरी नै छैन।’
गत वर्ष भएको सहमतिलाई नयाँ जसरी प्रचण्डले उछालेकोमा ओलीले रोष प्रकट गरे। ‘हामीले जुन सहमति गर्यौँ, पार्टी एकता गर्यौँ, त्यो कुनै नयाँ कुार होइन। त्यो गत वर्षकै सहमति हो’, ओलीले अगाडि भने, ‘यसैलाई मैले देशमा आएर बेलुन बनाए फुकिरहनुपर्ने कुनै आवश्यकता होइन।’
‘जनता र कार्यकर्तामा सन्देह पैदा हुने गरी उचालिरहनुपर्ने यो कुरै होइन’, प्रचण्डप्रति लक्षित गर्र्दै ओलीले भने, ‘यसबारे मैले छलफल गर्नै चहान्नँ, सहमति के भएको हो भन्ने सहमति पत्रमै उल्लेख छ।’
प्रचण्डका लागि आफू छाड्न तयार रहेको उनले बताए। ‘मैले आजै बिहान पनि तपाईँहरुलाई खुसी लाग्छ भने चार पाँच दिनमा हटिदिन्छु भनेको थिएँ।
‘देशको विकासको चिन्ता नगर्ने, समृद्धिबारे नसोच्नेहरु देखेर मलाई आश्चर्य लाग्छ’, उनले भने, ‘कतिपय मान्छेहरुको व्यवहार देखेर मलाई अचम्म लाग्छ। देशलाई माया गर्नुपर्छ, देशको समृद्धिमा खुसी हुनुपर्छ ।’
नेकपा अध्यक्षसमेत रहेका ओलीले अर्र्का अध्यक्ष प्रचण्डसँग चिसोपना बढेको कुराको खण्डन गरे। ‘चिसोपना कहाँ आएको छ? हाम्राबीच केही सहमति भएका थिए। दुई पार्टीबीच सहमति भएपछि केही न केही लेनदेन हुन्छ’, ओलीले भने, ‘एकतालाई कमजोर पार्ने गरी चर्चा गर्नु जरुरी छैन। जे सहमति भएका थिए, त्यही अनुसार अघि बढ्छ ।’
सहमति अनुसार सरकार छाड्न तयार हुनभएको हो ? भन्ने प्रश्नमा ओलीले आजकै भोली सरकार छाड्न तयार रहेको भन्दै आक्रोश पोखे ।
‘दुई वर्षको कुरै होइन। दुई महिनामा, दुई हप्तामा छाड्न तयार छु’, ओलीले अगाडि थपे, ‘हामी सुशासन र विकासको बाटोमा अघि बढिरहेका छौँ । भ्रष्टाचार अन्त्य गर्न हामी सक्रिय हुन्छौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने