भारतबाट ल्याएको धानमा बाला लागेन, हरियै बोट काट्दै छन् किसान् ; क्षतिपूर्ति माग !

कात्तिक २, चितवन : गरिमा जातको धान नपसाएपछि चितवनका किसानहरूले धानको हरियो बोट काट्न थालेका छन्  । उनीहरुले गत वर्ष लगाएको गरिमा जातकै धान भने राम्रो उत्पादन भए पनि यस वर्ष सोही जातको धान अन्य धान थन्काई सकेपनि बाला नलागेपछि अहिले किसानहरु धमाधम हरियो बोट काट्न थालेका हुन् ।  

72396286_520633312103344_7862500284633710592_n

अन्य जातको धान लगाउने किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् । तर गरिमा जातका धान लगाएका किसानहरू भने नपसाएको धान काट्न थालेका छन् । किसानहरुले भारतबाट आयातित वर्णशंकर गरिमा जातको धानको बिउ लगाएका थिए ।  

विगतका वर्षहरुमा राम्रो उत्पादन गरेको अनुभव सुनाउँदै खैरहनी ११ पिद्रहनीका किसान कृष्ण लामाले बाला नलागेपछि हरियो बोट काटेको बताए ।  

क्षतिपूर्ति माग  

कृषि प्राविधिकहरुले धानमा बाला लाग्ने बताएपछि केही समय प्रतिक्षा गरेको तर हालसम्म पनि त्यस्तो कुनै लक्षण नदेखेपछि बोट काटेको किसान लामाले बताए । बाली थन्काउन नपाएका किसानहरुले सुरुदेखिकै खर्च सरकारले व्यहोर्नु पर्ने उनको माग छ ।  

‘सरकारले सिफारिस गरेर सूचिकृत गरेको धान हामीले लगाएका थियौ किसान लामाले भने रोपाईदेखी अहिले सम्मको खर्च सरकारलेनै व्यहोर्नु पर्छ ।’ उनले भने ।    

चितवनमा लगाएको धानमा बाला नलागेपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट असोज पहिलो साता विज्ञको टोलीले स्थलगत निरीक्षण गरेका थियो । त्यसपछि विज्ञहरूले उक्त धानमा २५ दिनपछि बाला लाग्ने बताएको तर २४ दिन बितिसक्दा पनि धानमा बाला लाग्ने छाँट नदेखिएपछि आफूहरूले बोट काटेर फाल्नु परेको किसानको भनाई छ ।  

यसअघि खैरहनी ९ का किसानहरुले पनि गरिमा जातको धानमा बाला नलागेपछि हरियो बोट मेसिन लगाएर काटेका थिए । उक्त धान गरिमा प्रजाति को हो कि होईन भन्ने यकिन गर्न परीक्षणको लागि नमुना लगिएको भएपनि त्यसको प्रतिवेदन आई सकेको छैन ।  चाँडो फल्ने भनेर गरिमा धान लगाएका किसानहरुले तरकारी खेती गर्न ढिलो हुन थालेकाले हिरयोमा नै बोट काटेका हुन् । पूर्वी चितवनमा धान काटेर तरकारी लगाउने सिजन हो ।  

 किसानहरूले धानको कमसल बिउ उपलब्ध गराउनेलाई पनि कारबाही हुनुपर्ने भन्दै आफूहरूले गरेको खर्चको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन् । धानको बिउ बिक्री गरेको तथ्यांकलाई आधार मानेर हेर्दा चितवनमा करीब ९ सय ५० बिगाहमा गरिमा जातको धान लगाइएको हुनसक्ने अनुमान कृषि ज्ञान केन्द्र चितवनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने