भक्तपुरको आम्दानी १० महिनामा ९१ करोड

 भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४–७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । 

यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग रु १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ । 

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि रु ४१ करोड खर्च गर्ने भएको छ । 

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा रु छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकामा गत चैत मसान्तसम्म रु तीन करोड ९३ लाख खर्च गरेको नगर प्रमुख प्रजापतिले बताए । नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि रु छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ । 

विकास निर्माणतर्फ रु ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई रु ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो । विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ । 

गत आवमा आन्तरिक आयतर्फ रु २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी रु २७ करोड नौ लाख १५ हजार आम्दानी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने