ब्यवसायी तेजकरण जैन पक्राउ

अटोमोवाईल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।Tej_Karan_Jain_9.29_2074..._6WidKwHWyLकाठमाडौंको त्रिपुरेश्वरमा ‘तेज एण्ड करण ईन्टरप्राईजेज’ का संचालक रहेका जैनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीले जानकारी दिएका छन् । 

कालिमाटी प्रहरीका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएको बताईएको छ । 

‘उनलाई बैंकीङ कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ इन्सपेक्टर भण्डारीले भने । 

पुराना गाडी किनेर नयाँ बनाउने र कतिपय पुरानै गाडी नाफा लिएर बेच्ने गर्दै आएका जैन रिकण्डीशन हाउस समेत सञ्चालन गर्दै आएका छन् । प्रहरीका उच्च पदस्थ अधिकारी र नेताहरु समेतलाई उनले निःशुल्क गाडी दिने गरेका छन् । 

शक्तिको आडमा लामो समयदेखी उनले ठगी गर्दै आएको प्रहरी स्रोतको भनाई छ । जैन पक्राउ परेसँगै त्यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने