बाबुरामले गरे यस्तो ब्यंग्य रेणु दाहाललाइ

Renu-Dahal
चितवन । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बनेका देवी ज्ञवालीले सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ । निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वोच्चले सदर गरेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ र दुर्भाग्यपूर्ण छ ।’ उनले अब जनतामा गएर विजयी हुने दाबीसमेत गरे । उनले भने, ‘अदालतको निर्णयलाई मान्दै जनतामा गई जनताबाट पुनः निर्वाचित भएर आउने कोशिस गर्छु ।’

यस्तै नेकपा (माओवादी केन्द्रं) तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ । उनले फैसलाले जनताको अभिमतको कदर गरेको र जनताको पक्षमा फैसला भएको बताए । उनले भने, ‘कानुनलाई सर्वोपरी ठान्ने व्यक्तिको नाताले यो निर्णय सहर्स स्वीकार्दै सम्मान र स्वागत गर्दछु ।’

चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणनाका क्रममा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । उक्त वडामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि सोही वडाका एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णय विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेको थियो ।

यस्तै भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको आदेशको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने सर्वोच्च अदालतको फैसला आएपछि भट्टराईले सामाजिक सञ्जालमा व्यंगात्मक टिप्पणी गरेका हुन् । नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुरस्कार दिइएको भन्दै डा. भट्टराईले सर्वोच्चको यस्तो फैसलाले गलत नजिर टिप्पणी गरेका छन् ।

‘चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनःमतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला रु अब जनताले नै फैसला गर्नुपर्ने भो !’ भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना