प्रधानमन्त्री ओली किन नेकपाको चियापानमा कार्यक्रममा सहभागी भएनन् ?

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

छात्ती दुख्ने र हलुका ज्वरो आएपछि ओली नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी भएका छैनन्।

नेकपा महासचिव विष्णु पौडेलले प्रधानमन्त्री अस्वस्थ रहेकोले चियापानमा सहभागी नहुने पुष्टि गरे। भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पौडेलले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएको हुनाले उहाँ कार्यक्रममा सहभागी हुन सक्नुभएन। छात्ती दुख्ने, ज्वरोको समस्या देखिएको छ।’

दसैं, तिहार, छठ, नेपाल सम्वतजस्ता नेपालीहरूका साँस्कृतिक चाडको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरिएकोले यसलाई राजनीतिक रङ नदिने उनले आग्रह गरे।

‘चाडपर्व र यस्ता कार्यक्रमले एकता, विकास, समृद्धितर्फ लैजान एकतावद्ध गर्छ’, उनले भने, ‘साँस्कृतिक सन्दर्भमा कार्यक्रम गरिएकोले पार्टीका, दलका र गुटका कुरा नगरौं।’

चियापान कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायत नेकपाका नेताहरुले पाहुनाको स्वागत तथा शुभकामना आदानप्रदान गरेका छन्।

चियापान समारोह ५ बजेसम्म चल्ने नेकपाले जनाएको छ। उक्त समारोहका लागि राजनीतिक पार्टीहरू, कुटनीतिक नियोगलगायत गरी नेकपाले ५० हजारलाई निम्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक