March 18, 2018

प्रधानमन्त्रीले कर्मचारीको झाँको झारेपछि बाक्य बस्यो !

काठमाडौं, ४, चैत  । ‘स्थानीय निकायमा कर्मचारी नभएर संघीयता नै कार्यान्वयन नहुने अवस्थामा छ, त्यहा“ जान्न भन्ने कर्मचारीलाई उल्टै पुरस्कार दिएर घर पठाउने ?’ यो प्रश्न सत्तारुढ पार्टी एमाले निकट कर्मचारी नेताहरुसमक्ष प्रधानमन्त्री केपी ओलीको हो  । २०७४ चैत ३ गते शनिबार बिहान पार्टी सदस्य समेत रहेका करीब २ सय नेपाल निजामती कर्मचारी संगठन आबद्ध कर्मचारीहरु प्रधानमन्त्रीलाई बधाई दिन भन्दै  प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले प्रमलाई बधाई दिंदै ११ बुँदे सुझावपत्र बुझाएका थिए ।
 कर्मचारीसंग छलफल गर्ने क्रममा प्रम ओलीले अगाडि भने ‘जागिर खाँदा आवश्यकता बमोजिम मुलुकभर जहाँ पनि जानेछु भनी कसम खाने, अहिले जान्न भन्ने ? अनि तिनै अटेरी कर्मचारीलाई राज्यले पुरस्कार दिएर घर पठाउने ? यो सम्भव छैन । राष्ट्रसेवकको काम अप्ठेरो बेलामा सहयोग गर्ने हो कि अटेरी गर्ने हो ?’ प्रधानमन्त्रीको यस्तो जिज्ञासाले कर्मचारी नेताहरुको बाक्य नैै बसेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले निर्देशनकै शैलीमा कर्मचारी नेताहरुलाई भनेका थिए ‘यो तर्क गर्ने समय होइन, जनताले परिवर्तन र विकासको महसुस गर्नेगरी काम गर्नुस्, घरमा पनि जे सक्नुहुन्छ त्यो काम गरिहाल्नुस् । अरु केही नभए दुई मुठा साग उमारेर बसेपनि राष्ट्र निर्माण मै योगदान पुग्छ ।’
यसपछि  प्रधानमन्त्री ओलीले प्रसंग फेर्दै भने पुलिसले पनि अब मिलापत्र गरेर बस्ने होइन । उसले त कानूनको कार्यान्वयन गर्ने हो । बोक्सी काण्ड, बलात्कार काण्डमा पुलिस मिलापत्र गर्न लाग्ने ? यो त राज्य स्वयं नै अपराधीका पक्षमा उभिए जस्तो भएन ? अपराधी र पीडितलाई मिलापत्र गराउने कानून पनि हुन्छ ? अपराधीलाई त सजायँ पो हुनुपर्छ ।  प्रधानमन्त्रीले राजनीतिक आवरणमा हुने अपराध र राजनीतिक खोल ओढेका कुनैपनि अपराधीलाई छुट नदिइने पनि बताए ।
  प्रधानमन्त्रीले कर्मचारीलाई सम्बोधन गर्दै ‘तपाईंहरुले परिवर्तनकारी आन्दोलनमा निकै सहयोग गर्नुभएको छ’ भनेपछि भने कर्मचारी नेताहरुले अलिक राहत महसुुस गरेका थिए । कर्मचारी संघ÷संगठन नै खारेजीको प्रसंग उठिरहेका बेला त्यसपछि भने यो खारेज नहुने तर विद्यार्थी युनियन जस्तै जसले अधिकांश कर्मचारीको विश्वास प्राप्त गर्छ त्यो साझा युनियनका रुपमा रहने विश्लेषण गरेका छन् ।  
अघिल्लो सरकारले ल्याएको निजामती कर्मचारीको स्वेच्छिक अवकाश योजनामा अहिलेसम्म ९ हजार ५ सय ९१ कर्मचारीले निवेदन दिई सहभागिता जनाएका छन् । यी मध्ये उच्चपदस्थ ४ जना सचिव तहको पनि निवेदन परेको थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक