बालबालिकालाई पोलियोविरुद्ध दिइने खोप एफआईपीभी आगामी असारबाट प्रयोगमा ल्याउने तयारी भएको छ । ‘आईपिभी खोपको ठाउँमा एफआइपिभी खोप पर्याप्त उत्पादन हुने भएकाले स्वास्थ्य मन्त्रालयको खोप महाशाखाले यो नयाँ खोप ल्याउने तयारी गरेको हो ।
चैतमा नेपाल भित्रने यो खोप आगामी असारदेखि प्रयोगमा ल्याइने तयारी भएको महाशाखाले जनाएको छ । एफआईपीभी खोप सञ्चालनमा ल्याउन स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने भएकाले असारबाट मात्र प्रयोगमा ल्याउन लागिएको हो । हाल शिशुलाई तीन पटक दिइँदै आएको खोप एफआईपीभी प्रयोगमा आएपछि दुई मात्रा दिए पुग्ने महाशाखाले जनाएको छ । हाल बालबालिकामा दिइने खोप आईपिभी पोलियो खोप हो ।
आईपीभी खोपको अभाव देखिएपछि सरकारले एफआइपिभी नामक नयाँ खोप ल्याउने तयारी गरेको महाशाखाका निर्देशक कृष्णबहादुर चन्दले बताए । निर्देशक चन्दले भने, “सरकारले मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको एफआईपिभी खोप विभिन्न प्रक्रियाका कारण आउन ढिलो भएको छ ।” यो खोप पनि ‘गाभी’ नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा ल्याउन लागेको उनले जानकारी दिए ।
सरकारले मुलुकबाट पोलियो उन्मूलन गर्न विगत एक वर्षदेखि पोलियो थोपासँगै सुईबाट दिइने आइपिभी खोप पनि सुरु गरेको थियो । तर, एक वर्ष नपुग्दै आइपिभी पोलियो खोपको अभाव भएपछि सरकारले नयाँ एफआइपिभी खोप ल्याउन तयारी गरेकोे हो ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित