पुत्रवियोग सबैभन्दा ठूलो शोक रहेछः प्रचण्ड

७ मंसिर, काठमाडौं : पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् ।

 

prachanda-4स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभा राखिएको थियो, जहाँ शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए ।

कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो ।

त्यसमा भनिएको छ, ‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाश देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविश्यका लागि अझ धेरै महनत गर्नुपर्छ भन्नेमा निष्कर्षमा अझ दृढ भएका छौं ।’

आफू पूर्णकालिन राजनीतिमा लागेका कारण बाल्यकालमा छोरालाई समय दिन नपाएको उनले स्मरण गरे ।

सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै पढाइ लथालिंग भएको भन्दै उनले भने, ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बुबाको रुपमा उनीमाथि न्याय गर्न सकिनँ ।’

केहीले प्रकाशलाई आफ्नो छोरा मात्र ठानेको र उनको व्यक्तित्वलाई त्यसमै सिमित गर्न खोजेको उनको गुनासो छ । प्रकाश प्रविधि, संगठन र व्यवस्थापनमा पोख्त रहेको र आफ्ना लागि छोरा भन्दा बढी सहकर्मी र सहयोद्धा रहेको उनले बताएका छन् । भनेका छन्, ‘एमान्दारीतापूर्वक भन्छु, प्र्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगविना सफल हुने थिएन ।’

प्रचण्डले पुत्रशोकमा रहेका बेला आफूलाई सान्त्वना दिनेहरुप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘पुत्र विगोय मानिसको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि ।’

तर, शोकमै देश र समाजप्रतिको दायित्व अझ बढी महसुस भएको पनि उनले बताएका छन् । वक्तव्य बाचन भइरहँदा मञ्चमा रहेका प्रचण्ड र सीता दाहाल निकै भावुक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने