October 29, 2019

 पहाडी भेगमा आज वर्षाको सम्भावना, यस्तो रहेको छ मौसम पूर्वानुमान

काठमाडौँ । देशभर आजको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अरब सागरको उत्तरपूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर–पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको तर यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा नपरेको महाशाखाले जनाएको छ।

यसका साथै बंगलादेश तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १२ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भु(भाग तथा मध्य र पुर्वका पहाडी भु–भागमा आंसिक देखि सामान्य बदली रहनेछ भने बाँकि भु–भागमा आंसिक बदली रहने सम्भावना छ। देशका पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

रातीः देशैभरि आंशिक देखि सामान्य बदलि रहने सम्भावना छ र देशका पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

कार्तिक १३ गते (बुधबार)

दिउँसोः देशभर आंसिक देखि सामान्य बदली रहने देखिन्छ । देशका पश्चिमि भु–भाग तथा मध्य र पुर्वका पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

रातीः देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसोः देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

रातीः देशका मध्य र पुर्वमा आंशिक बदलि र पश्चिमि सामान्यतया सफा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने