पर्यटन विश्वविद्यालय र अन्तराष्ट्रिय विमानस्थल स्थापना गर्ने पर्यटनमन्त्रीको घोषणा !

Rabindra_adhikariकाठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन् । 
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढि युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे । 
 शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक वर्षभित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने दावी पनि गरे । 
 मन्त्री अधिकारीले ३ वर्ष भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल र ७ वर्ष भित्र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए । 
मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 
 दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्भे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाई छ । कार्यक्रममा बोल्दै दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौंलागाईँले दोलखाको समृद्धिमा आफूहरु क्रियाशील रहेको बताएका थिए । 
गौरीशंकर पालिकाका प्रमुख सोयमबहादुर खड्काले पर्यटन क्षेत्रको विकासलाई गौरीशंकर गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । 
 कार्यक्रममा गौरीशंकर गाउँपालिकाको विविधता झल्काउने खालको तस्विर समावेश गरिएको पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ पनि बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने