२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेटअन्तर्गत नेपाल र केन्या त्रिबि क्रिेकट मेदानमा भिडिरहेका छन् । यसअघिका अन्तर्राष्ट्रिय म्याचमा जस्तै आज पनि खेल हेर्न आउने दर्शकको सहभागिता थेगिसक्नु छैन ।
घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच हेर्न दर्शकको साथ नेपाली टोलीले पाएको छ । रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ रु भन्ने प्रष्ट्याउँछ ।
बर्षाको पनि पर्वाह नगरी घरेलु दर्शकहरु आफ्नो टोलीको प्रदर्शन उकास्न उत्साह थपिरहेका छन् । क्रिकेटमा मैदानमा खेल्ने ११ खेलाडी जति सशक्त भूमिकामा हुन्छन्, टोलीलाई सर्पोट गर्न रंगशालामा आएका दर्शकको पनि उत्तिकै महत्व हुन्छ भन्ने मानिन्छ । त्यसैले दर्शकलाई मैदानको ‘१२ औं खेलाडी’ भनिन्छ ।
आज पनि नेपाली टोलीले घरेलु दर्शकले ‘नेपाल(नेपाल’ भन्दै उत्साह थपिरहेका छन् । यसले पाहुना टोलीलाई पनि मनोवैज्ञनिक दबाव बनाइरहेको छ ।
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)