धरानमा गोली प्रहार, लुटिए लघुवित्तका कर्मचारी

जेठ १२,विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् । 

धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा तीन जनाको समूहमा आएका लुटेराले आइतबार दिउँसो कर्मचारी शम्भु गच्छदारमाथि आक्रमण गरी चार लाख रुपैयाँ लुटपाट गरेको संस्थाका वरिष्ठ प्रबन्धक दामोदर रेग्मीले जानकारी दिए । 

उनले भने,‘‘तीन गोली प्रहार गरेर लुटपाट गरेको भन्ने कुरा आएको छ ।’’ रेग्मीका अनुसार गच्छदार लघुवित्तको समूह बैठक गरी किस्ता रकम उठाएर धरानस्थित कार्यालयतर्फ फर्कदै थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक(एसपी) राजन अधिकारीले घाइते कर्मचारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए । 
उनले भने,‘‘गोली प्रहार भएको विषयमा अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक(डिएसपी) को टोली अनुसन्धानको लागि पठाइसकेको छु ।’’ अधिकारीले घटनाबारे गहन अनुसन्धान थालिएको बताए । घटनास्थलमा इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली पुगेको छ ।
 
गोली प्रहारबाट घाइते भएका मोरङ धनपालथानका गच्छदारको शरीरका दुई भागमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । घटनापछि सुनसरी प्रहरीले धरान र आसपासको नाकामा कडाइ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने