दुवै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ ‍: मुख्यमन्त्री गुरुङ

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन् ।

पार्टी एकीकरणपछि शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गरे ।

‘हिंसात्मक संघर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ,’ गुरुङले भने, ‘अब पार्टी संगठन एउटै भयो । दुवै पक्षका कम्युनिष्टले विचारलाई पनि एउटै बनाउनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले नेपालको कम्युनिष्ट एकता विश्वकै लागि दुर्लभ घटना भएको दाबी पनि गरे । मुलुकको विकास र आर्थिक समृद्धिको लागि जनताले दिएको जनादेश मुताबिक एकता भएको उनको धारणा थियो ।

पार्टी एकीकरणपछि लमजुङमा कार्यालयसहित पदाधिकारीहरुको जिम्मेवारी समायोजन गरिएको छ । पूर्व नेकपा एमालेको कार्यालयलाई संयुक्त पार्टी कार्यालय बनाई बाँकी प्रबन्धका लागि जिल्लास्तरका नेताको कार्यदल बनाइएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने