दुर्घटनाको मुख्य जिम्मेवार दलाल संसदीय राज्य प्रणाली : नेकपा

काठमाडौँ, फागुन ३० – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राज्यको वैज्ञानिक र व्यवहारिक नीतिका अभावले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू हुने गरेको बताएको छ । हालै भएको बंगलादेशी विमान दुर्घटनाको मुख्य दोषि संसदीय व्यवस्था भएको ठोकुवा गर्दै नेकपाले राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका संरचनाहरु पनि व्यवस्थित नहुने बताएको छ ।

prakand

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना हुनुको कारण प्राविधिक भन्दै संसदीय सत्तालाई चोख्याउन खोजिएको दाबी गरे । प्रवक्ता प्रकाण्डले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सबै संरचना व्यवस्थित हुने भन्दै त्यसको लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको बताए ।

 

प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्ति यस्तो छ –

‘यही फागुन २८ गतेका दिन बंगलादेशबाट नेपालका लागि उडेको युएस बंगला २११ को विमान अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा दुर्घटना ग्रस्त हुँदा वरिष्ठ न्युरो सर्जन डाक्टर बालकृष्ण थापालगायत २२ जना नेपालीसहित ४९ जना यात्रुको मृत्यु हुनाका साथै, २२ जना गम्भीर घाइते हुन पुग्नुभएको छ ।

यस दुःखद् घटनामा निधन हुनुभएका सबैप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । परिवारजनमा संवेदना व्यक्त गर्दछ । साथै, सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । घाइतेहरूको शीघ्र र उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ ।

नेपालमा हवाई दुर्घटना भइराखेको छ । यसरी दुर्घटना हुनुको मुख्य कारण, प्राविधिक भन्दै गरेर यो संसदीय सत्तालाई चोख्याउने काम गरिँदै आइएको छ । यसमा कुनै सत्यता रहेको छैन । यसरी नेपालमा हुने हवाई, सडक दुर्घटनाको मुख्य जिम्मेवार यो दलाल संसदीय राज्य प्रणाली हो ।

राज्य वैज्ञानिक र व्यावहारिक नभएका कारण यस्ता दुर्घटना हुने गर्दछन् । राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका संरचनाहरू पनि व्यवस्थित हुँदैनन् ।

त्यसैले हाम्रो पार्टीले यो राज्यव्यवस्थालाई पूर्णरूपले ध्वस्त गरी वैज्ञानिक समाजवादी नीतिमा आधारित राज्यप्रणालीको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी वैज्ञानिक समाजवादी नीतिमा आधारित राज्यप्रणालीको स्थापनाको संघर्षलाई सहयोग, समर्थन र सहभागिताका लागि अनुरोध र अपील गर्दै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने