थाइल्याण्डद्वारा नेपालसामु १२२ रनको लक्ष्य !

काठमाडौं । नथाकन छङथमको अबिजित ६९ तथा नरुमल थाइवाइको २७ रनमा आयोजक  थाइल्याण्डले वुमन ट्वान्टी–२० स्म्यासको फाइनलमा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित ओभरमा १ विकेटको क्षतिमा १२१ रन बनाएको हो । 

थाइल्याण्ड क्रिकेट एशोसिसनको मैदानमा ओपनर छङथमले सर्वाधिक ४ चौकाको मद्तमा ६९ रन बनाउँदा थाइवाइ २७ रनमा पेभेलियन फर्किएकी थिइन् । उनलाई नेपालकी कप्तान रुविना क्षेत्रीले रनआउट गरेकी थिइन् । 

त्यसपछि क्रिजमा आएकी चनिडाले अबिजित १९ रन बनाइन् । नेपालका कुनै बलरले विकेट लिन सकेन् । 

आयोजक थाइल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४९ रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गर्दा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो भने थाइल्यान्ड समूह ‘बी’को बिजेता हो । प्रतियोगिताका पाँचै खेलमा विजयी नतिजा निकालेको नेपाल फाइनलमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ । 

प्रतियोगितामा जितका लागि कठिन प्रतिस्पर्धा गर्नु नपरेको नेपालले समूहको पहिलो खेलमा चिनमाथि १० विकेटको नतिजा निकालेको थियो । पुस २९ गते दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको नेपाल तेस्रो खेलमा सोमबार यूएईमाथि ६ विकेट र समूहको अन्तिम खेलमा आयोजक थायल्याण्डको ए टोलीबिरुद्ध ९ विकेटले विजय भएको थियो । 

थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको हो । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले महिला क्रिकेट टोलीलाई यो अवसर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने