July 20, 2018

त्रिविका उपकुलपति सरकारविरुद्धको मोर्चाबन्दी सक्रिय 

 
 
 
 

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं नेपाली कांग्रेसका महासमिति सदस्य तीर्थ खनिया पदीय मर्यादाको दुरुपयोग गर्दै नेकपाको केपी ओली नेतृत्वको सरकार असफल पार्ने योजनामा विद्यार्थी उक्साउन उद्दत रहेको खबर छ । 
त्रिविमा रहेको यावत समस्यालाई नजरअन्दाज गर्दै उनी नेपाल विद्यार्थी संघको कमाण्ड सम्हाल्दै केपी सरकार असफल पार्ने योजना मुताविक कीर्तिपुरवाट विद्यार्थी कमाण्ड सञ्चालन गर्न लागिपरेका हुन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भइसकेकपछि एउटै गतिलो काम गर्न नसकेका खनिया उकुलपति पदबाटै सरकारमाथि हवाला भइरहेका छन् ।

 

खनियाको उपकुलपति पद आगामी असोजमा सकिदैछ । आफ्ना निकटस्थ नातेदार र चम्चाहरुलाई केही लाभदायी पद उपलब्ध गराउनु सिवाय उनले विश्वविद्यालयमा कुनै प्राज्ञिक उन्नयन गर्न नसकेको आरोप लाग्दै आएको छ । आफै अर्काको पीएचडी हुबहु सारेर डाक्टर उपाधि प्राप्त स्खलित प्राज्ञवाट मुलुकले के अपेक्षा गर्ने ? केपी ओलीको सरकारलाई असफल पार्न खनिया उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघका नेताहरु बोलाएर धमाधम निर्देशन दिइरहेको स्रोतको दावी छ । उनले नेबि संघका पूर्व अध्यक्ष रञ्जित कर्ण, वर्तमान अध्यक्ष नैनसिंह महरलगायतका नेताहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर म सम्पूर्ण क्याम्पसका विद्यार्थी नेताहरुलाई निर्देशन दिन्छु तपाईहरु त्यसको संयोजक गर्नुस् बनेर निर्देशन दिएको त्रिवि स्रोत बताउछ ।  

 

स्रोतका अनुसार, खनियाले सरकार विरोधी गतिविधिमा लाग्ने विद्यार्थी नेताहरुलाई छात्रवृत्ति शिर्षक राखेर केही खर्र्च समेत दिने उपाय बनाएका छन् । एमालेवाट नियुक्त रजिष्टारले कांग्रेसका विद्यार्थी पाल्ने रकम दिन नसक्ने बताएपछि खनियाले आफूले नियुक्त गरेका क्याम्पस प्रमुखहरुलाई धम्काउदै विद्यार्थी संगठनलाई चन्दा उपलब्ध गराउन दवाव दिइरहेको विद्यार्थी स्रोत बताउछ । 
 स्रोतका अनुसार, त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस र पद्मकन्या क्याम्पसका क्याम्पस प्रमखुहरुले भिसिको ठाडो निर्देशनमा विद्यार्थीहरुलाई पैसा बा“डेको बुुझिएको छ । उपकुलपतिको यस टिममा जगत तिमल्सिना, ऋदिश पोखरेल, कृष्ण गौतमलगायतका रहेको स्रोतको दावी छ । त्रिविका भिसिनै विद्यार्थीलाई राजनीतिमा उराल्ने र राजनीतिक प्रयोजनका निमित्त कार्य गर्न प्रेरित भएपछि खनियाबाट अब प्राज्ञिक क्रियाकलापको अपेक्षा गर्नु व्यर्थ हुने गुनासो प्राप्त भएको छ ।

 
देशकै पुरानो एवं प्रतिष्ठित विश्वविद्यालय एउटा संकीर्ण दृष्टिकोणधारी नेताको हातमा सुम्पिदा देशको उच्चशिक्षा नै धरासायी बनेको छ । त्रिवि केन्द्रीय कार्यालयमा कार्यरत प्रशासकका अनुसार पछिल्लो समय भिसिले विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता पोस्ने, निर्माण गर्ने थलोको रुपमा प्रयोग गरिरहेको आरोप छ । आफ्नो पार्टी निकट शिक्षक एवं कर्मचारीलाई पार्टीगत स्वार्थका गतिविधिमा संलग्न गराउन लागिपरेको पीडितहरु बताउछन् । 
सरकारले अब कुनै पनि हालतमा आफूलाई हटाउन नसक्ने बुझेपछि खनियामा यसप्रकारको चुरीफुरी निकै बढेको गुनासो प्राप्त भएको छ । नेपाल संस्कृति विश्विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विषयलाई सञ्चारमाध्यामले गतिलै स्पेस दिएपछि खनिया पनि सरकार विरोधी मोर्चामा उभिएका हुन । सरकार विरोधी भएकै कारण त्रिविमा कुलपति एवं सहकुलपतिले दिएक कुनै निर्देशन लागू गरेका छ्रैनन् । केही कांग्रेसीका आडमा विश्वविद्यालयमा लुट मच्चाइरहेका खनियालाई कांग्रेस निकट प्राध्यापक संघ र नेताहरुले सरकारलाई घुँडा  टेकाउन उक्साइरहेका छन् । हाल खनियाकै लापरवार्हीका कारण सेमेस्टर सिस्टम असफल प्रायः बनिसकेको छ । केन्द्रीय विभागमा सबै कांग्रेस कार्यकता भर्ति गरेर भिसिले तामासा देखाएको एक प्राध्यापकको बुझाइ रहेको छ ।  

 

खनियाकै कारण विश्वविद्यालयको गरिमा र प्रतिष्ठा ओरालो लाग्दै गएको गुनासो छ ? त्रिविले विगत ३ वर्षदेखि कुनै अन्तर्राष्टिय गोष्ठी एवं कार्यक्रम सञ्चालन गर्न सकेको छ ? आफ्नो कार्यालयमा गाडी थप्ने र आसेपासेलाई गाडी चढ्ने ब्यवस्था गर्नमा नै उपकुलपतिको ध्यान रहेको छ । उपकुलपतिबाट पछिल्लो समयमा प्राज्ञिक उन्नयन, अनुसन्धान, जस्ता विषयहरु प्राथमिकतामै पर्न छोडेको आरोप छ ।

 

उपकुलपति कार्यालयमा भेटिएका एक कर्मचारीका अनुसार, खनिया भकाभक पैसा उठाउदै नया“ विषय निजी क्षेत्रलाई सम्वन्धन दिने तयारीमा रहेका छन् । सरकारको निर्देशन विपरीत निजी क्षेत्रलाई पोस्दै आएका भिसिकै लगानीमा उपत्यकामा १२ वटा कलेजहरु सञ्चालमा रहेको स्रोतको दावी छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने