जोर विजोर प्रणाली अवज्ञा गरौं

काठमाडौं , मंसिर १३ : नेपाली कांग्रेसका नेता गगन थापाले धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको बताएका छन्।

नेता थापाले अनावश्यक रुपमा जनतालाई सास्ती दिएको भन्दै जोर विजोरको अवज्ञा गर्न आहृवान पनि गरेका छन्।

जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर–विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ। तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।’

शुक्रबारदेखि काठमाडौँमा सुरु हुने एशिया प्यासिफिक सम्मेलनका लागि सरकारले यातायातमा चार दिन जोर विजोर प्रणाली लागु गर्दा सर्वसाधारणले निकै सास्ति खेप्नुपरेको छ।

सरकारको अवज्ञा गर्दै राजधानीको माइतीघरमा प्रदर्शनमा उत्रिएका विश्व हिन्दू महासंघका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने