चार बलात्कारी रंगेहात पक्राउ !

उदयपुर, रासस । एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान बस्ने २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह र सिरहाको मिर्चैया बस्ने २६ वर्षीय नितेशकुमार साह रहेका छन् । 

जिप्रका प्रमुख नवराज भट्टका अनुसार गएराति ११ बजेको समयमा लहान बजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई चारैजनाले अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका ल्याउँदै थिए । 

बा१४च ६८१७ नंको स्कार्पियो गाडीमा ती महिलालाई निःवस्त्र अवस्थामा ल्याउँदै गरेका बेला प्रहरी चौकी लालपता उदयपुरका गस्ती प्रहरीले उनीहरुले रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख भट्टले बताए । 
घटनालगत्तै जिप्रकाबाट घटनास्थलमा पुगेको थप प्रहरीले गाडी, अपराधी र पीडित महिलालाई नियन्त्रणमा लिएको थियो । जिप्रकाले आज पत्रकार सम्मेलन आयोजना गरेर घटनाका बारेमा जानकारी दिएको हो । 

आफू लहान बजारको आँप व्यापारी भएको, राति खाना खान डेरामा जान लाग्दा चारजना पुरुषले बाटो छेकेर जबर्जस्ती गाडीमा चढाएको र मुखमा पट्टी बाँधिदिएर सबैले पालैपालो बलात्कार गरेको पीडित महिलाले आफ्नो बयानमा बताएकी छन् । 

स्वास्थ्य जाँच गराएर अहिले उनलाई महिला प्रहरी एकाइमा सुरक्षित राखिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको पनि प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार पक्राउ गरिएका चार जनाविरुद्ध आजै जिल्ला अदालतमा म्याद थप गरी अपहरण तथा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिँदैछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने