March 9, 2017

घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्

hh २६ फागुन, कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् ।गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्द बजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसँगै छिरेका भारतीयहरुले तोडफोड गरेका हुन् ।स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए ।

एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयहरु श्याम गुरुङको घरमा प्रवेश गरेका हुन् एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बनेको र नेपालीमाथि ज्यादती हुँदा मूकदर्शक बनेको गुनासो स्थानीयको छ ।

घटनामा भारतीयहरुले हानेको ढुंगाले लागेर बेलौरिया सीमा पोस्टका सशस्त्र प्रही इन्स्पेक्टर राम खत्रीसमेत घाइते बनेका छन् । उनको मुखमा चोट लागेको छ । त्यस्तै, एक जना प्रहरी नायव निरीक्षकलाई समेत चोट लागेको छ । एसएसबीको गोली लागेर घाइते भएका गोविन्द गौतमको धनगढी अस्पतालमा मृत्यु भएपछि आनन्द बजारमा थप तनाव बढेको छ ।

सुरुमा जनपथ प्रहरीमात्रै खटिएकोमा दिउँसो २ बजेपछि कैलाली र कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी र एसपी पनि घटनास्थलतर्फ लागेका छन् । घटनास्थलमै भारतीय एसएसबीका अधिकारीहरुसँग वार्ता भइरहेको छ । नेपालीहरु आक्रोशित बनेर नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने