गोकर्ण विष्टलाई सांसदका १८ प्रश्न : न रोजगारी दिने, न विदेश जान दिने ?

सांसदले प्रधानमन्त्री स्वरोजगार कोषको कार्यक्रमको रकम दुरुपयोग भएको भन्दै सांसदले मन्त्रीसँग जवाफ माग गरेका छन् ।

gokarna_bista_CPqVgd2TNs

सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयबारे सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि मन्त्री गोकर्ण विष्टसँग सांसदले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा भएको दुरुपयोग रोक्न माग गरेका हुन् ।

नेकपा सांसदले भने प्रधानमन्त्री रोजगार कार्यक्रममा नेकपाका कार्यकर्ता मात्र सहभागी भएको भन्ने आरोपको खण्डन गरे । सांसदले युवा बेचेर देश समृद्ध बन्छ भनेर समेत प्रश्न गरे । 

यस्ता छन् सांसदका प्रश्न

प्रेम सुवाल : श्रम मन्त्रालयलाई युवा बेचबिखन मन्त्रालयको आरोप लागेको छ, किन होला ? युवा बेचेर देशको अर्थतन्त्र चलाउने हो भने यो सरकार र विगतका सरकारमा के फरक छ ? 

डा. डिला संगौला पन्त : प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने थलो भयो भन्ने आरोप छ, जवाफ चाहन्छु । मलेसिया कामदार जाने क्रम किन रोकिएको छ ? शून्य लागतमा पठाउने निर्णय गर्‍यौ, कार्यान्वयन किन भएन ? जापानसँग सम्झौता किन कार्यान्वयन भएन ? खाली कागजमा सम्झौता गर्दैमा श्रमिक विदेश जान सक्छन् ?

मीना सुब्बा : सरकारको बजेट बोल्छ, विदेश जान नपर्ने ? यही हो रोजगार र स्वरोजगार ? प्रधामनन्त्री रोजगारको टोपी, ज्याकेट जुत्ता लगाएर बारीमा बेल्चा बोकाएर पठाउँदैमा यहीबाट जीविका चल्छ ? 

ज्ञानकुमारी छन्तेल : श्रम मन्त्रीज्यूले बोल्दै गर्दा यहाँ हुनुहुन्नथ्यो । ५ लाख युवालाई रोजगार दिने भन्नुभएको थियो, कति–कति रोजगारी पाउनुभयो ?

पुष्पा भुसाल : फेसबूकमा एक युवाले लेखेको देखे – मेरो बुवा र आमालाई आफैं पाल्छु, मलाई रोजगार चाहियो भन्यो । शैक्षिक प्रमाणपत्र राखेर गत वर्ष १० जनाले ऋण पाएको देखियो । ५ लाख बेरोजगारलाई रोजगारी दिने कार्यक्रम पनि देखियो । असफल भएका कार्यक्रमबाहेक युवालाई रोजगारको नयाँ कार्यक्रम के छ ? 

खगराज अधिकारी : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ ? प्रतिपक्षले भनेजस्तो नेकपाका को–को कार्यकर्ता पोसिए मन्त्रीबाट जानकारी चाहन्छु ? 

सञ्जय गौतम : ५ लाख युवालाई रोजगारी दिने कार्यक्रम किन प्रभावकारी देखिएन ?

प्रकाश रसाइली : विगत केही समय अगाडि जापानसँग सम्झौता गर्नुभयो, जापानसँग सहमति भएका ९ वटा देशले कामदार शुरू गर्‍यो । जापानले दक्ष जनशक्ति लिने भनेको छ, राजधानीका इन्स्टिच्यूटमा ठगिने क्रम चलिरहेको छ, ठगी रोक्न सरकारले के योजना बनाएको छ ?

दिव्यमणि राजभण्डारी : युरोप भ्रमणको समयमा प्रधामनन्त्रीज्यूले झिटिगुण्टा लिएर फर्केर आउन आग्रह गर्नुभयो, त्यही समयमा मन्त्रीज्यूले नयाँ सम्झौता गर्नुभयो । यो दुईवटा काममा कन्ट्राडिक्सन देख्छु । 

रामबहादुर विष्ट : ५ लाख बेरोजगारलाई नेपालमा रोजगार दिने, श्रम भन्नुभएको थियो । यता काम नदिने उता जान नदिने भएपछि कामदारको सरकार जिम्मा लिन्छ कि लिँदैन ?

दीलेन्द्र बडू : प्रमाणपत्र धितो राखेर ऋण दिने योजना कति कार्यान्वयन भयो ? मलेसिया गइरहेका कामदारको परिणम रोकियो, जापानसँगको सम्झौता पछि पनि यस्तै हुने हो कि ? 

रामबाबु यादव : नेपालमा सञ्चालित उद्योगमा नेपाली युवाको ग्यारेन्टी कहिलेसम्म हुन्छ ? विदेश जाने युवाको ठगी धन्दा कहिले बन्द हुन्छ ? 

विमला विश्वकर्मा : योगदानमा आधारित सामाजिक सुरक्षा असंगठितमा कहिले कार्यान्वयन हुन्छ ?

ज्ञानेन्द्रबहादुर कार्की : प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक दुरुपयोगको कुरा जानकारीमा आएको छ । गत सालभन्दा किन बजेट धेरै ? वैदेशिक रोजगारीमा जाने युवाले ती देशमा धेरै ठूलो अपमान र कठिनाइ व्यहोरेका छन् । त्यो समस्या समाधान गर्न के योजना छ सरकारसँग ? 

हिरा गुरुङ : प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५ लाख युवालाई रोजगार गर्ने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सही ढंगले व्यवस्थित हुन नसकेर हो ? 

पार्वता डिसी चौधरी : प्रधानमन्त्री रोजगारमा के कतिले रोजगारी पाए ? सडक बढार्ने, मकै गोड्ने र गाईभैसी खेद्ने नै हो ? 

लक्ष्मी परियार : प्रधानमन्त्री रोजगार कार्यक्रममा पहेलो ज्याकेट दिएर एउटा प्लास्टिक टिप्न ५ जनाको भेला हुँदो रहेछ । छोराछोरी अमेरिका पढ्दै गरेका सुनसरीका ६५ वर्षीय दम्पतीले रोजगारीको ज्याकेट दुबो टिप्नुभएको थियो, यस्तो कार्यक्रमले नेपाललाई कसरी समृद्ध र नेपालीलाई कसरी सुखी बनाउँछ ?

राजेन्द्रकुमार केसी : ५ लाखलाई रोजगारी दिने भनेको कति जनालाई रोजगारी दिनुभयो ? जवाफ चाहन्छु ।

मन्त्रीको जवाफ

जवाफमा मन्त्री विष्टले आगामी वर्ष ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने गरी तयारी भइरहेको बताए । ‘आगामी आर्थिक वर्षमा ५ लाख व्यक्तिलाई बजेट घोषणा गरेको छ । त्योभन्दा बढीलाई रोजगारी दिने गरी गृहकार्य गरेको छ । आउँदो केही समयमा ३ वटै सरकार, सहकारी र निजी क्षेत्रको सहभागितामा ५ लाखभन्दा ठूलो रोजगारीको सम्भावनालाई पर्याप्त गृहकार्य भइरहेको छ । तथ्यांकको आधारमा संसदमा प्रस्तुत गर्नेछु,’ मन्त्री विष्टले भने । 

मन्त्री विष्टले नेकपाले जितेका स्थानीय तहमा मात्र नभइ सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कोषको बजेट गएको बताए । ‘सबै स्थानीय तहमा कार्यक्रम पठाउँदा जनसंख्या, गरीबी र विकटताको मापदण्डको आधारमा रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम पठाइएको हो,’ मन्त्री विष्टले भने, ‘नेकपाद्वारा निर्वाचित निकायबाट होइन, सबै स्थानीय तहमा गएको छ । शुरूवातको दिनमा राजनीतिक नेतृत्वले विना पारिश्रमिक योगदान गरेको हो । सरकारले कुन पार्टीका कार्यकर्ता भन्ने जाँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक