कोटेश्वर प्रमुखको जिम्मेवारी इन्स्पेक्टर एलिजा गिरी, गुन्डाहरु त्रसित !

PicsArt_09-16-12.28.31-780x405

काठमाण्डु, १ असोज – नेपाल प्रहरीले दुई जना इन्सपेक्टरको सरुवा गरेको छ । काठमाण्डुको कोटेश्वर र कांडाघारी प्रहरी प्रभागका असई र जवानलाई घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेपछि त्यसहाका ईन्चार्जलाई हटाइएको हो ।

प्रहरी मुख्यालयले कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेको छ । लामाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत इन्स्पेक्टर एलिजा गिरीलाई जिम्मेवारी दिइएको छ ।

इन्सपेक्टर गिरीको ईन्चार्जको रुपमा यो पहिलो पोस्टिङ हो । गिरीसंग महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेमा काम गरिसकेको अनुभुव छ । उनि नेपाल प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।

अख्तियार शनिवार घूससहित पक्राउ महानगरीय प्रहरी प्रभाग कांडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना प्रहरी हबल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुंवर र मुकेश पट्टेल छन् । उनीहरुले १ लाख घुस लिएको अख्तियारले जनाएको छ ।

इन्सपेक्टर लामाका भान्से प्रहरी जवान पट्टेल घुस प्रकरणमा मुछिएपछि उनलाई सरुवा गरिएको हो । त्यसैगरी महानगरीय प्रहरी प्रभाग कांडाघारी इन्स्पेक्टर हरि ओझाको समेत सरुवा भएको छ । उनको ठांउमा इन्स्पेक्टर सुधीर राईले जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने