कोटेश्वर-एकान्तकुना ८ लेनमा गाडी चल्ने

kalamki-koteshwar-road-7-768x500९ चैत, काठमाडौं । चक्रपथको कोटेश्वर-एकान्तकुना सडकखण्ड आउँदो असारभित्रै ८ लेनमा सञ्चालनमा आउने भएको छ । विस्तारको क्रममा रहेको कोटेश्वर-कलंकी खण्डको पहिलो ५ किलोमिटर सडकखण्डको सबै काम असारभित्रै सक्ने गरी चिनियाँ ठेकेदारले काम तीब्र बनाएको छ ।

अहिले विस्तारको कामका कारण धुलाम्य र हिलाम्य बनेको यो खण्ड असारपछि भने भक्तपुरको ८ लेलभन्दा कम्तिको हुनेछैन । विस्तारको काम सकिएपछि चक्रपथको कोटेश्वर-एकान्तकुना सडकखण्ड आकर्षक मात्रै हुने छैन, यसले अब विस्तार हुने चक्रपथको नमुना स्वरुप पाउनेछ ।

 

असारपछि सो सडकखण्डको क्षेत्रमा अहिले उडिरहेका धुलो निमिट्यान्न हुँदा स्थानीय र यात्रुहरुलाई सहज हुनेछ । कलंकी-कोटेश्वर सडक विस्तार आयोजनाका प्रवक्ता रमेश डिष्टीले आगामी असारसम्म कलंकीबाट सातदोबाटोसम्मको ५ किलोमिटर सडकखण्डको सबै काम सकिने अवस्था रहेको बताए ।

यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई-दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक निर्माण हुँदैछ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण हुनेछ । अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो बन्दैछ

पहिलो ५ किलो मिटरको सडक विस्तारपछि यही स्वरुपमा ०७५ को असारसम्म आयोजनाको सबै काम सकेर कलंकीसम्मकै सडक विस्तार भइसक्ने उनले बताए ।
अहिले कोटेश्वरबाट बालकुमारीसम्मको सडकको सर्भिस लेनमा कालोपत्रेको काम सुरु भएको छ ।

‘बेमौसमी बर्षाले काम प्रभावित गरेन भने मंगलबारबाट कालोपत्रको काम सुरु भएको छ,’ डिष्टीले भने,’सर्भिस लेनको कालोपत्रेपछि मुख्य लेनमा पनि पिच सुरु गरिनेछ ।’

पुलको काम सकियो

कलंकी-कोटेश्वर खण्डमा ४ वटा मोटरेबल पुलको निर्माण लगभग सकिएको छ । अब रेलिङ राखेर त्यसमा पेन्टिङको काम बाँकी छ ।पुरानो पुलमा लेन थपेर पुललाई सढकको चौंडाइअनुसार विस्तार गरिएको छ । पुरानो पुलको पनि मर्मत गरिएको छ ।

कंलकी खसीबजार, बागमती पुल, बल्खु खोला र बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।’पुलको काम ९८ प्रतिशत सकिइसक्यो,’ प्रवक्ता डिष्टीले भने,’अब यी पुल रंग लगाएर खुला गर्न मात्रै बाँकी छ,’ उनले भने ।

आकाशे पुल बन्दै

अहिले यो खण्डमा विभिन्न स्थानमा पैदलयात्रुलाई बाटो काट्न आकाशे पुल निर्माणको काम भइरहेको छ । चिनियाँ ठकेदारले ३ वटा पुल बनाइरहेको छ भने आयोजनाले आफ्नै लागतमा ३ वटा पुल बनाइरहेको छ ।

पैदलयात्रीका लागि चीनले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुल निर्माण गरिरहेको छ । ग्वार्को तथा बालकुमारीको बीच, सातदोबाटो र एकान्तकुनामा आयोजनाले नै आकाशे पुल निर्माण गरिरहेको छ ।

 

कुनै आकाशे पुलको निर्माण लगभग सकिने क्रममा छन् भने कुनै निर्माणको प्राथमिक चरणमा छन् । ‘प्रत्येक एक-एक किलोमिटरमा आकाशे पुल राख्नुपर्छ भनेर हामीले थप २ वटा पुल पनि थप्दैछौं’ डिष्टीले भने,’थप आकोश पुलका लागि यो वर्ष टेण्डर हुन्छ ।’

अब थप कुसुन्ती र बल्खुमा पनि पुल बनाउन काम गर्न लागिएको उनको भनाइ छ ।

अण्डरपासको लागि पाइलिङ हुँदै

कलंकी-कोटेश्वर सडक विस्तारको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरिरहेको छ । अहिले यो सडकखण्ड अन्तरगत नै कलंकीमा अन्डरपास-वे निर्माणका लागि पनि काम भइरहेको छ ।

कुल ८ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतिरको भागमा अन्डरपास छेड्न पाइलिङको काम सकिएको छ । कलंकी चोकबाट बल्खुतिर ४ सय मिटरमा पाइलिङ सकिएको हो । सांघाईले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ ।

अब सितापाइलातिर ४ सय मिटर पाइलिङको काम सुरु गर्न ट्राफिकसँग सहयोग मागिएको प्रवक्ता डिष्टीले बताए । आगामी वर्षको  वर्षात सकिएपछि मात्रै सितापाइलातर्फको निर्माण थाल्ने भनिएपनि कामको गति बढाउन अहिलेबाटै काम गर्न लागिएको उनको भनाइ छ ।
कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइँदैछ । बल्खुबाट सीतापाइलातिर जाने गाडीहरु अन्डरपास बनेपछि भूमिगत रुपमा सिधै जान्छन्, जसबाट अहिले कलंकीमा लामो समय रोकिनुपर्ने बाध्यता हट्ने छ ।

त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि अब कलंकीको जाममा फस्नु पर्दैन । यद्यपी यो अन्डरपासको उपयोग भने चक्रपथ विस्तार पूर्णभएसँगै हुनेछ ।

५१ प्रतिशत काम सकियो

भूकम्प र नाकाबन्दीका कारण यो सडक विस्तार काम सम्पन्न हुनुपर्ने अवधि १ वर्ष लम्बिएको थियो । सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अहिले सडक विस्तार काम सक्नुपर्ने अवधि एक वर्ष लम्बिएको छ ।

२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको यो सडकखण्ड विस्तारपछि ८ लेनको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने