केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस !

तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न सकस परेको छ ।

शनिबार  प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापाबीच भएको पाँच घन्टा लामो छलफलले पनि केन्द्रिय सदस्यको नामावली टुंगो लगाउन सकेन । यसबारे आज पनि छलफल गर्ने तयारी भएको स्रोतले बतायो  ।

नवगठित नेकपाको ४४१ केन्द्रीय समितीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहने सहमति भएको छ । २०० जना सदस्य रहेको  तत्कालिन नेकपा एमालेको केन्द्रीय समितीमा अहिले ४१ जना थप हुने भएका छन् ।  ४१ जनाको नाम तयार भएको  बताइएको छ ।

तर माओवादी केन्द्रमा भने केन्द्रीय सदस्यको संख्या ४ हजारभन्दा बढी  भएकाले  संगठन भद्रगोलको अवस्थामा रहेको एक नेताले बताए । केन्द्रीय सदस्य नै धेरै भएकाले अहिले कसलाई राख्ने कसलाई हटाउने  निर्णय लिन कठिन भएको नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यको नामावली टंगो लागेपछि मात्रै स्थायी कमिटीमा रहने १८ जनाको सूचीलाई अन्तिम रुप दिइने  एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने