November 10, 2019

कृतिम सीमा बनाएर भारतले बल मिच्याइँ गर्यो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गरे।

उनले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको पनि उनले बताए। सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै उनले भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख गर्दै स्वीकार्य नहुने पनि स्पष्ट पारे।

‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यो स्विकार्य हुनै सक्दैन ।’ उनले हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृतिमता खडा गरेर भारतले बलमिचाई गरेको पनि बताए।

यता, अनेस्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गरी भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट आहात भएका जनताको जीवनलाई सहज बनाई दिन पनि मन्त्री ज्ञवालीको गम्भिर ध्यानाकर्षण गराएका थिए।

अनेरास्ववियूले सरकारले भारतले अतिक्रमण गरेको सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री ज्ञवालीप्रति आभार पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने