April 8, 2018

काभ्रेको दोलालघाटमा दोलालघाट महोत्सव–२ शुुरु तपाई पनि जाने हैन त दोलालघाट ?

चैत्र २५ काभ्रे । काठमाडौंबाट ५८ किलोमिटरको दुरीमा नदीको किनारामा रहेको काभ्रे भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आयोजना गरेको दोलालघाट महोत्सव २ शुक्रबारबाट सुरु गरेको छ । दुलालेश्वर वातारणीय समाजसेवा क्लबले प्राकृतिक तथा सांस्कृतिक कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार भन्ने मुल नाराका सुरु गरिएको महोत्सव २०७५ वैशाख ३ गतेसम्म चल्ने छ । आयोजक दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले दोलालघाट आई प्राकृतिक तथा सांस्कृतिक कृषि र व्यापारको अवलोकन, स्थानीय सुनकोशी र इन्द्रवातीको लोकल माछा, स्थायिन स्तरमा उत्पादन गरिएको कृषिजन्य बस्तुहरु र खुवाको स्वाद लिन पनि आम काभ्रेबासी, सिन्धुपाल्चोकबासी, भक्तपुरबासी, काठमाडौंबासी, ललितपुरबासी एवम् देशबासीमै आग्रह गरेको छ । महोत्सबमा बिभिन्न स्टलहरु सहित मनोरनजनकमुलक खेलहरु पनि रहेको आयोजकले जनाएको छ । दोलालघाट महोत्सव २ मा १ सय ५ स्टलहरु राखेकोमा ७० भन्दा धेरै स्टलहरु बुक भइसकेको आयोजकले जनाए । महोत्सवभरमा दोलालघाटको सुनकोशी र इन्द्रवातीको लोकल माछा, स्थायिन स्तरमा उत्पादन गरिएको कृषिजन्य बस्तुहरु र खुवाको स्टल प्रमुखरुपमा रहेको क्लबको अध्यक्ष अष्ठ श्रेष्ठले काभ्रेपोष्टलाई बताए । महोत्सवभर राष्टिया कलकार देखि स्थानिय कलकारहरुले मनोरन्जनमुलक सस्कृतिक कार्यक्रम प्रस्तुतगर्ने कार्यक्रम रहेको अध्यक्ष अष्ठ श्रेष्ठले बताए । महोत्सव हेर्न तपाई पनि जाने हैन त दोलालघाट ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने