March 13, 2018

काभ्रेका वरिष्ठ न्युरो सर्जन डा बालकृष्णको विमान दुर्घटनामा निधन

डा. थापा ३ पटक  गोल्डमेडलिस्ट  भएका थिए 

    युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए। बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो।

२०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए। डा थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन्। २०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेका छन्। थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए। डा थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए। न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देश-विदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन्।

चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका ‘डाक्टरी कविता’ (२०६१), ‘डाक्टरका कविता’ (२०६९) कवितासंग्रह र ‘चिरफार’ (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेका थिए। साभार श्राेतः नेपाललाइभबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने