आमा बन्दैछिन् बलिउड अभिनेत्री इलियाना डिक्रुज !

आफ्नो नीजि जीवनलाई मिडियाबाट गोप्य राख्न सफल बलिउड अभिनेत्री इलियाना डिक्रुजको जीवनको एउटा महत्वपूर्ण अवस्थालाई मिडियाहरुले थाहा पाएको विश्वास गरेका छन् ।

bollyhood-768x432

पहिले आफ्नो प्रेमीलाई मिडियाको नजरबाट लुकाएर गोप्य विवाह गरेकी इलियाना अहिले आमा बन्न लागेको मिडियाले विश्वास गरेका छन् । मुम्बई मिररको रिपोर्ट अनुसार इलियाना गर्भवती छिन् । हालै एउटा एयरपोर्टमा इलियानाको तस्वीर लिने क्रममा उनले आफ्नो पेटलाई ढाक्ने प्रयास गरेकी थिइन् ।

यस्तै खबरहरुको बीच इलियानाका कथित श्रीमान् अष्ट्रेलियाली फोटोग्राफर एन्ड्रयु निबोनले इलियानाको एउटा सुन्दर तस्वीर सामाजिक सञ्जालामा शेयर गरेका थिए । उक्त तस्वीरमा इलियाना बाथ टबमा लडिरहेको देखिएकी थिइन् । त्यसको क्याप्सनमा लेखिएको थियो, ‘एक प्रकारले, केही एक्लो समय बिताउँदै ’ । एन्ड्रयुको त्यस्तो क्याप्सनले तस्वीर लिएको समयमा इलियानाको साथमा उनको श्रीमान् बाहेक अन्य कोही पनि थिए भन्ने मिडियाले अड्कल काटेका छन् । मिडियाको अनुसार आफ्नो हुनेवाला बच्चाको बारेमा एन्ड्रयुको त्यो आलंकारिक संकेत हो ।

आफ्नो स्टाइल स्टेटमेन्ट र फेशनेबल आउटफिट्सका लागि चर्चित इलियाना केही दिनदेखि फेशन पुलिसलाई पनि निराश बनाइरहेकी छिन् । पछिल्लो फिल्म ‘रेड’ को सुटिङको समयमा पनि उनी धेरैजसो पैन्ट सुट या बेल्टवाला लामो कपडाहरु लगाएर आउन गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं