आजबाट एकैपटक चारवटा फिल्महरु हलमा, कुन- कुन ?

काठमाडौं । नेपाली चारवटा फिल्महरु आजबाट एकैपटक प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका फिल्महरु हुन, ‘वीरागंना’, ‘बाबु कान्छा’, ‘बोबी’ र ‘यो पागल मन’ ।

राजबहादुर सानेको निर्देशनमा तयार भएको ‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘बोबी’मा वास्तविक जोडी उमेश थापा र कविता गुरुङ्गको प्रेम कथालाई उतारिएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मलाई नरेश भट्टराई र गिरीराज घिमिरेले लेखेका हुन् ।यसैगरी, अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बाबु कान्छा’लाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

यस्तै ‘यो पागलमन’लाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् । सो फिल्ममा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने