आगन्तुक पुस्तिकामा यस्ताे लेखे मोदीले !

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक भएको बताएका छन् ।

modi02

नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा लेख्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे ।

आगन्तुक पुस्तिकामा उनले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिएका छन् । भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रशन्न रहेको उनले आगन्तुक पुस्तिकामा लेखेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी यसअघि २०७१ साल साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनका लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने