July 30, 2019

अमेरिकामा अन्धाधुन्द गोली प्रहार, दुई बच्चासहित तीन जनाको मृत्यु

 

banner१४ श्रावण , बीबीसी। अमेरिकाको क्यालिफोर्नियाको फुड फेस्टिवलमा गोलीबारी हुँदा दुई बच्चासहित तीन जनाको मृत्यु भएको छ।  प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ६ वर्षका बालक र १३ वर्षीया बालिकासमेत रहेका छन्। यो गोलीबारीमा १५ अन्य घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार आइतबार साँझ भएको घटनाका अभियुक्त प्रहरी कारवाहीमा मारिएका छन्। यो आक्रमणमा अन्य कसैको हात भए नभएको विषयमा प्रहरीले जाँच गरिरहेको जनाएको छ।

प्रहरीले मारिएका आक्रमणकारीको पहिचान गरेको छ। १९ वर्षीय स्यान्टिनो विलियम लेगानले गोली चलाएको प्रहरीले पुष्टि गरेको छ। आक्रमणकारीले ‘गिलराय गार्लिक फेटिस्वल’ मा स्थानीय समय अनुसार आइताबर साँझ गोली प्रहार गरेका थिए।

प्रहरीका अनुसार प्रहरी कारवाहीमा मृत्यु भएका आक्रमणकारीबाट असल्ट राइफल बरामद गरेको छ, जुन उनले अवैध तरिकाबाट किनेका थिए। स्थानीय संचारमाध्यमले गोलीबारीमा मृत्यु भएको ६ वर्षीय बालकको पहिचान स्टीफन रोमेरोको रुपमा गरेको छ।

स्टीफनकी आमा  र दिदी पनि गोली लागेर घाइते भएका छन्। यद्यपी प्रहरीले मृत्यु भएका कसैको नाम पनि आधिकारिक रुपमा पुष्टि गरेको छैन। प्रहरीका अनुसार गोलीबारीमा करिव २० वर्षका युवकको पनि मृत्यु भएको छ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने