December 8, 2019

अब लगानी बोर्डले उपत्यकाको फोहोर नउठाउने

लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट दुई वर्षपछि हात झिकेको छ। लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब दुई वर्षपछि हात झिकेको हो । गत साउनमा उक्त सम्झौता गरेको बोर्डले पाँच दिनअघि अबको बाँकी सम्पूर्ण प्रक्रिया काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जनाउँदै फाइल फिर्ता पठाएको हो। यो खर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

एक दशकदेखि प्रक्रियामा रहेको सयौं पृष्ठको कागजातसहितको उक्त फाइल स्क्यानिङ गरी फिर्ता पठाइएको छ । बोर्डले नयाँ कानुनअनुसार फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भएकाले बाँकी प्रक्रिया उतैबाट अघि बढाउने गरी फाइल फर्काएपछि उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बनेको छ। बोर्डले कामपासँग सल्लाह गरी फाइल फिर्ता पठाएको दाबी गरेको छ।

नेपवेस्टले फोहोर व्यवस्थापन गर्न आवश्यक पर्ने जग्गा, कामपाले प्रयोग गरेको सवारीसाधनसहित अन्य उपकरण, कर्मचारी व्यवस्थापन, अवकाश हुन लागेका कर्मचारीको सेवासुविधा, थप तीन स्थानमा ट्रान्सफर स्टेसन निर्माण, बञ्चरेडाँडा ल्यान्डफिल साइटको पूर्वाधार निर्माणलगायतका विषयमा कामपाको स्पष्ट धारणा मागेको थियो। तर कामपाले आफ्नो धारणा सार्वजनिक नगरेपछि एक वर्षमा पनि दुई पक्षबीच सम्झौता हुन सकेन ।

कामपाले भने बोर्डले गर्दै आएको काम अकस्मात् रोक्नु नाजायज भएको आरोप लगाएको छ। कामपाका मेयर विद्यासुन्दर शाक्यले बोर्डले हात झिक्नु गलत काम भएको आरोप लगाउँदै अब अघि बढ्ने विषयबारे निर्णय लिन बाँकी रहेको बताए।

बोर्डका कार्यकारी अधिकृत अधिकारीले पन्छिन नभई कामपालाई जिम्मेवार बनाउन खोजेको बताए । अधिकारीले स्थानीय तह तात्नुपर्ने अवस्थामा बोर्ड तातेकाले सम्झौता हुन नसकेको र बाँकी प्रक्रिया कामपाले गरेर फोहोर व्यवस्थापन गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण