अब कर्णालीमा विकास तीव्र गतिमा बढ्छ : प्रधानमन्त्री ओली

सुर्खेत, वैशाख २ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका दृष्टिले पछाडी परेको कर्णाली प्रदेशमा अब विकास निर्माणले रफ्तार लिने बताएका छन् । आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाट गरेको बताए ।

oli-surkhet

उनले कर्णालीलाई समृद्धिको यात्रामा डोर्याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताए । ‘अव कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णालीलाई विकासको मूलधारमा ल्याउनका लागि प्रदेश र संघीय सरकारले योजनाहरु बनाइरहेको छ ।’

उनले कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताए। प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दै विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरु भएको घोषणा गरे ।

राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए। ‘तीन वटै तहका सरकार बनेका छन्, जनताको बलिदानिबाट लोकतन्त्र प्राप्त भएको छ’ प्रधानमन्त्रीले भने ‘अब अरुलाई अपजस दिएर हुँदैन् विकास गर्नैपर्छ, अगाडि बढ्नैपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने