November 7, 2018

अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

 

  

 तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्।

कमजोर महशुस

यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ।

सुगरको कुलत

निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ।

छालामा समस्या

गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ।

निराश र चिन्ता

बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ।

रुघाखोकीको जोखिम

गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ।

अस्वभाविक तौल बृद्धि

सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ ।  तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ । तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने